नेपालमा प्रदर्शनीबारे गलत बुझाई र गराई

Exibition

नेपालमा प्रदर्शनीबारे गलत बुझाई र गराई


माघ १०, काठमाण्डौँ, विश्वमानै एउटै उत्पादन वा फरक फरक उत्पादन वा नयाँ नयाँ उत्पादनहरु बारे जानकारी दिनका लागि वार्षिक वा अर्धवार्षिक वा उपयुक्त समय र स्थान चयन गरी प्रदर्शनी गर्ने गराउने गरिन्छ, जसमा उत्पादक कम्पनी वा व्यवसायीहरुको सहभागी रहन्छ र उनिहरुसंग भएको उत्पादन सम्बन्धी सो प्रदर्शनीको माध्यमद्धारा उपभोक्तालाई धेरै भन्दा धेरै जानकारी दिने आफ्नो व्यवसाय स्थल र उत्पादनका बारेमा जानकारी गराउने र आफुसंग भएको उत्पादन वा सामान आफ्नो व्यवसाय स्थलबाट बेच्ने वा सम्पर्क गराउने गरिन्छ । प्रदर्शनीको यो नै उपयुक्त र विकसित रुप हो । 


तर नेपालमा प्रदर्शनी स्थल भनेर निर्माण गरिएको कुनै स्थल छैन, आयोजकहरुले समय समयमा यसबारे सरकारलाई जानकारी गराएपनि सरकारले यसको कुनै समाधानको बारेमा चासो समेत राखेको पाईदैन, सबैखालका प्रदर्शनीहरु भृकुटी मण्डपमा नै आयोजना हुँदै आएका छन्, जवकी त्यहाँ प्रदर्शनीमा हुनु पर्ने सुविधाहरु उपलब्ध छैनन् जस्तै पर्याप्त स्थानको कमी, अव्यवस्थीत पार्किङ, खानेपानीको असुविधा, पावर व्याकअप नहुनु जस्ता अन्य थुप्रै कमिकमजोरीका कारण जुनसुकै प्रदर्शनीहरु पनि अस्तव्यस्त मै सकिने गरेका छन् । 


जुनसुकै प्रदर्शनीमा पनि विभिन्न बहाना बनाएर प्रदर्शनी स्थलबाटै आफ्नो सामान बेच्नु मात्रै मुल उद्देश्य हो भन्ने मानसिकताको विकास पछिल्लो समयमा हुँदै गएको छ । यसकारणले गर्दा उपभोक्ताले पनि प्रदर्शनीको नाममा ठगिने गरेका गुनासाहरु पनि प्रशस्त रहदै आएका छन्, प्रदर्शनीको माध्यमद्धारा पुराना काम नलाग्ने सामानहरुको विक्रिवितरण हुनु, प्रदर्शनीको समयमा भएका कारोबारहरु करको दायरामा नआउनु, सूचना दिने भन्दा बढी आर्थिक गतिविधिमा सिमित हुनु, विभिन्न खाले प्रलोभन देखाएर उपभोक्ताहरुलाई सास्ती दिने र त्यसको जिम्मेवारी कसैले नलिने जस्ता जटिल समस्याहरु सिर्जना हुँदै गईरहेका छन् यसमा आयोजकले नै चनाखो हुनु जरुरी देखिएको छ । 


पछिल्लो समयमा स्थानिय व्यापारीहरुले त्यसरी आयोजना हुने प्रदर्शनीको विरोध गर्दै आएका छन् । प्रदर्शनी स्थलबाट नै कम्पनीहरुद्धारा आफ्ना उत्पादनहरुमा अफर र छुट दिएर व्यापार गरेपछी हामिले के गर्ने भन्ने भनाई व्यापरीहरुको रहेको छ, त्यसरी आयोजना हुने प्रदर्शनी स्थलबाट नै व्यापार गर्ने हो भने हाम्रो अस्तित्व नै धरापमा पर्ने भन्दै केही समय अगाडी न्यूरोडमा जहाँ मोवाईल बजार त्यही मेला भन्ने नाराका साथ मेला आयोजना गरिएको थियो भने, यता मोवाईल वितरक संघले पनि भृकुटी मण्डपमा आयोजना गर्न लागेको भनिएको मेलाबाट पछाडी हटेको थियो । व्यापारीहरुको यो कुरा पनि नाजायज हो भन्न सकिदैन, मेलाको औचित्य पुष्टी हुने गरी आयोजना गरिएको हुनुपर्छ यहाँ त देशका मन्त्री तथा उच्च ओहोदाका व्यक्ती समेत कुरै नबुझी जहाँपायो त्यहाँ रिवन काट्न पुगेको देखिन्छ, रिवन मात्रै काटिएका प्रदर्शनीहरु पनि आयोजना भएका छन् । 


त्यसैले कुनै पनि मेला आयोजना गर्नु पुर्व आयोजकले विभिन्न विषयमा छलफल गरी विज्ञहरुको सल्लाह सुझाव लिएर अन्तराष्ट्रिय मुल्य र मान्यताको अधिनमा रहेर आयोजना गरिने हो भने व्यापारी, उपभोक्ता, स्थानिय व्यापारी आदी सबैले प्रदर्शनीबाट फाइदा लिन सक्ने कुरालाई नकार्न सकिदैन ।  

 

प्रतिकृया दिनुहोस

समाचार

मुख्य समाचार

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी

Boztray

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी विश्वमै लोकप्रीय अनलाईन शपिङ्ग नेपालमा पनि लोकप्रिय हुँदै गइरहेको कुरा सर्वविदितै छ । आफ्नो व्यवसाय स्थल... .विस्तृतमा


प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त

Save Environment

प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त:  जीवन ज्योती जागरण नेपाल, नामक संस्थाले नेपाल र विश्व वातावरण संरक्षण सम्र्पुण पृथ्वी बासीक... .विस्तृतमा


के तपाँइको मोवाइल सुरक्षित छ ?

Mobile Security

के तपाँइको मोवाइल सुरक्षित छ ? तपाइको दैनिकी बनेको मोवाईल फोन कत्तिको सुरक्षित छ भन्ने कुरा सायद कमैलाई चासोको विषय हुनसक्छ । तर यदी त्यही मोवाईलले... .विस्तृतमा


View more

बजार

View all

अन्तर्वार्ता

View all

साईबर अपराध

View all

मनोरन्जन

View all

बिचार

View all

रोचक

View all


© 2016 All Rights Reserved

© Copyright 2018 Biztray.com | All Rights Reserved