अनलाईन व्यापार के हो ?

Online Shopping

अनलाईन व्यापार के हो ?

विश्वमा बढ्दै गएको जनसंख्या र सिमित भूगोलका कारण बजार पनि अस्तव्यस्त तरिकाले विकसित हुँदै गईरहेका छन् । यसको विकल्पको रुपमा अहिलेको एक्काईसौ सताब्दीको सूचना प्रविधिलाई आधार बनाएर गरिने व्यापारलाई नै अनलाईन व्यापार भनिन्छ । भनिन्छ गुगल संग भन्दा बढी डाटा अन्तराष्ट्रिय रुपमा अनलाईन व्यापार गर्दै आएको वेवसाइट अमेजोन डट कम संग उपलब्ध छन । अनलाईन व्यापारका मुख्य आधार भनेको सबैको पहँुचमा इन्टरनेट सुविधा उपलब्ध हुनपर्ने, शहरीकरण भएका स्थानहरुमा स्पष्ट बुझिनेगरी घर नम्बर वा ठेगाना हुनुपर्ने, यातायातको सुविधा हुनुपर्ने जस्ता आधारभूत आवस्यकताहरु पुरा भएको हुनु पर्नेछ ।

भौगोलिक रुपमा विकट मानिएको नेपालमा अनलाईन व्यापारलाई व्यवस्थित गरी विकास गर्न सके आन्तरीक व्यापार लाई पनि अन्तराष्ट्रीय बजारमा सम्म पहँुच पु¥याउन सहज हुने छ भने लक्षित ग्राहकले पनि आफुलाई चाहिएको सामान जुनसुकै ठाँउमा भएपनि सजिलै संग प्राप्त गर्न सक्नेछन् ।

विस्तारै नेपालमा अनलाईन व्यापार गर्ने वेवसाइडहरु बढ्दै गएका छन् । यसले के पुष्टी गर्छ भने नेपालमा अहिले अनलाईन व्यापार सुरुवाती रुपमै रहेको भएता पनि फड्को मार्ने क्रममा रहेका छन । समयमै यसको लागि सरकारले पनि निति नियमहरु तयार गर्ने, करको दायरामा ल्याउने, निगरानीको लागि पहल गर्ने जस्ता कार्यहरु गरेमा अनलाईन व्यापार व्यवस्थित तरिका बाट अगाडी बढ्ने कुरामा दुईमत नहोला ।

नेपालमा हाल चर्चामा रहेका केही वेवसाईटहरुमा कुनै व्यापारीले आफुसंग भएको सामान सिधै पोष्ट गरी आफैँले बेच्न सक्ने प्रकृतीका रहेका छन जस्तै https://www.biztray.com र http://www.hamrobazar.com रहेका छन् www.biztray.com मा त तपाँईले किन्न लाग्नु भएको secondhand मोवाईल वा ल्यापटप कसैको हराएको हो की होईन भनेर चेक गरि खरिद गर्न सकिने सुविधा समेत राखिएको छ । अन्य अधिकांस वेवसाइटहरुमा वेवसाइड धनी आफैँले बजारमा भएका सामानहरु खोजी गरी वेवसाइडको माध्यमद्धारा वेच्ने गरेका छन् । जस्तैः www.kaymu.com.np, www.sastodeal.com, www.thamel.com, www.nepbay.com, www.meroshopping.com आदी रहेका छन् । 

"HAPPY ONLINE TRADING"

प्रतिकृया दिनुहोस

समाचार

मुख्य समाचार

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी

Boztray

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी विश्वमै लोकप्रीय अनलाईन शपिङ्ग नेपालमा पनि लोकप्रिय हुँदै गइरहेको कुरा सर्वविदितै छ । आफ्नो व्यवसाय स्थल... .विस्तृतमा


प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त

Save Environment

प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त:  जीवन ज्योती जागरण नेपाल, नामक संस्थाले नेपाल र विश्व वातावरण संरक्षण सम्र्पुण पृथ्वी बासीक... .विस्तृतमा


के तपाँइको मोवाइल सुरक्षित छ ?

Mobile Security

के तपाँइको मोवाइल सुरक्षित छ ? तपाइको दैनिकी बनेको मोवाईल फोन कत्तिको सुरक्षित छ भन्ने कुरा सायद कमैलाई चासोको विषय हुनसक्छ । तर यदी त्यही मोवाईलले... .विस्तृतमा


View more

बजार

View all

अन्तर्वार्ता

View all

साईबर अपराध

View all

मनोरन्जन

View all

बिचार

View all

रोचक

View all


© 2016 All Rights Reserved

© Copyright 2018 Biztray.com | All Rights Reserved