भदौ १६ देखि ललितपुर मोबाइल एक्स्पो

Online Expo

ललितपुर – ललितपुरको लगनखेलस्थित ललितपुर मलको दोस्रो तल्लामा रहेको ललितपुर मोबाइल कम्प्लेक्समा मोबाइल एक्सपो हुने भएको छ । नेपालीहरुको महान चाड बडादशैं तथा तिहारको अवसर पारेर आयोजना गर्न लागिएको एक्सपोमा विभिन्न ब्राण्डका मोबाइल फोनहरुको प्रदर्शनी हुनेछ ।

कम्पनीले यही भदौ १६ गते मंगलवारदेखि भदौ २६ गतेसम्म आयोजना हुने गरी ललितपुर मोबाइल एक्स्पो २०७४ आयोजना गर्ने भएको हो ।

कम्प्लेक्समा नै रहेको टेलि इनोभेसन प्रालिको शोरुमको ग्राण्ड ओपनिङ पनि एक्स्पोको शुभारम्भसँगै हुनेछ ।

ललितपुर मलको दोस्रो तल्लामा रहेको ललितपुर मोबाइल कम्प्लेक्सद्वारा आयोजना गरिने ललितपुर मोबाइल एक्स्पोमा ७० प्रतिशतसम्मको छुट दिईने छ । ग्राहकहरुले कुनैपनि मोबाइल फोनको खरिदमा ५ देखि ७० प्रतिशतसम्मको छुट तत्काल प्राप्त गर्नेछन् ।

त्यसैगरि हात खालि नजाने उपहारहरु पनि प्रत्येक मोबाइल खरिदमा राखिएको छ । जसअन्तर्गत हरेक मोबाइलको खरिदमा हात खाली नजाने योजनामा पावर ब्यांक, मेमोरी कार्ड, ब्लुटुथ हेडफोन, प्रिन्टेड कप, सेल्फी स्टिक, हेडफोन, स्पिकर आदि प्राप्त गर्न सक्नेछन् ।

मोबाइल कम्प्लेक्समा न्यूनतम रु. ९०० देखि रु. १ लाख ४० हजार सम्मको विभिन्न ब्राण्डका फोनहरु उपलब्ध रहेका छन् ।

कम्प्लेक्सले एक्स्पोको बेलामा दिने अफरहरु सँगै विभिन्न मोबाइल कम्पनीहरुले ल्याएका अफरहरु पनि साथमा लागू हुनेछ । जसमा स्क्र्याच अफर, एसएमएस योजना, बम्पर पुरस्कारमा बाइक उपहार, क्यासब्याक, विभिन्न देशको टूरलगायतका मोबाइल खरिदमा लागू भएका योजना पनि एकैसाथ उपलब्ध हुनेछ ।

नेपालको सबैभन्दा ठूलो मल्टिब्राण्ड मोबाइल शोरुम रहेको कम्प्लेक्सले आफ्ना ग्राहकहरुका लागि महान चाडको अवसर पारेर योजना ल्याएको कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले जानकारी दिए । “यहाँ गुणस्तरीय र ब्राण्डेड मोबाइल मात्र उपलब्ध हुन्छन भन्ने ग्राहकहरुलाई थाहा भइसकेको छ । अब हामी हाम्रा ग्राहकहरुलाई आकर्षक उपहारसहित खुशी बनाउन चाहन्छौं ।” अध्यक्ष बस्नेतले भने ।

ललितपुरको लगनखेलस्थित ललितपुर मलमा स्थापना भएको ललितपुर मोबाइल कम्प्लेक्स नेपालको पहिलो मल्टिब्राण्ड मोबाइल शोरुम हो, जहाँ एकै पटक ४ हजारदेखि ५ हजार ग्राहकले सुविधा प्राप्त गर्न सक्छन् । ललितपुर मलको दोस्रो तल्लामा ४० भन्दा बढी मोबाइल शोरुम तथा आधिकारिक सर्भिस सेन्टर संचालनमा छन् ।

कम्प्लेक्समा सामसुङ, हुवावे, जियोनी, कलर्स, आईफोन, एचटिसी, माइक्रोसफ्ट फोन, डिटिसी, ओवीआई, लाभा, सोनी, जेडटिईलगायत ब्राण्डका फोनहरु उपलब्ध छन् ।

प्रतिकृया दिनुहोस

समाचार

मुख्य समाचार

'टुटल' र 'पठाओ'लाई पहिले झै चल्न दिन प्रधानमन्त्रीको निर्देशन

Tootle Pathao

बुधबार, २ माघ, २०७५, काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले निजी मोटरसाइकल प्रयोगकर्ताहरुले प्रविधिको प्रयोग गरी भाडामा यात्रु बोक्न रोक लगाइ... .विस्तृतमा


अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी

Boztray

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी विश्वमै लोकप्रीय अनलाईन शपिङ्ग नेपालमा पनि लोकप्रिय हुँदै गइरहेको कुरा सर्वविदितै छ । आफ्नो व्यवसाय स्थल... .विस्तृतमा


प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त

Save Environment

प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त:  जीवन ज्योती जागरण नेपाल, नामक संस्थाले नेपाल र विश्व वातावरण संरक्षण सम्र्पुण पृथ्वी बासीक... .विस्तृतमा


View more

बजार

View all

अन्तर्वार्ता

View all

साईबर अपराध

View all

मनोरन्जन

View all

बिचार

View all

रोचक

View all


© 2016 All Rights Reserved

© Copyright 2018 Biztray.com | All Rights Reserved