मोवाइल तथा प्रविधिका उपकरणहरुमा खुलेआम ठगी

Thagi

काठमाण्डौँ, नेपालमा कानून एकातिर छ भने कानुन मिचेरै गरिने गतिविधिहरु अनेक छन्, यस्ता गतिविधिहरु जुनसुकै क्षेत्रमा पनि देख्न र सुन्न सकिन्छ । ग्राहलाई जुनसुकै बहानामा लुट्न छुट छ भने सम्बन्धीत निकायहरु यस्ता गतिविधि उपर मौन छन् र कारवाही गर्न खोज्यो भने पनि बन्द, हडताल, धम्कीहरु सुरु हुन्छन् र उनिहरुले गरिरहेको गतिविधि जायज नै हुने गरेका छन् । यसको मतलब यो देश कसले र कसरी चलिरहेको छ भन्ने कुराको आँकलन सजिलै गर्न सकिन्छ । कुनैपनि देशमा त्यस देशको कानून भन्दा माथि कोही पनि हँुदैन तर हाँम्रो देशमा भएको कानूनलाई पनि लुलो लङगडो बनाएर गतल व्याख्या गरिन्छ र हरेक नाजायज गतिविधिहरुलाई छुट दिइन्छ । 

आजको युग वैज्ञानिक युग हो, त्यसैले प्रविधिले हाम्रो जिवनमा ठुलै परिवर्तन ल्याएको छ भन्दा फरक नपर्ला तर यसैको फाईदा उठाउँदै प्रविधिका सामान आयात गर्ने कम्पनीहरुले खुलेआम जथाभावी मूल्य तोकी विभिन्न छुटको बहाना बनाई ग्राहलाई ठग्ने गरेका छन् । अन्तराष्ट्रिय मान्यता अनुसार हरेक सामानहरुको मूल्य त्यसको खोलमा जनाईएको हुनु पर्दछ तर कुनैपनि कम्पनीका मोवाइल, ल्यापटप, ट्यावलेट तथा त्यसमा प्रयोगहुने अन्य सामानहरुमा अधिकतम मूल्य तोकिएको हँुदैन यसले गर्दा ग्राहकहरु ठगीमा परिरहेका छन् भने बजारमा कमसल खालका मोवाइल तथा ल्यापटप जथाभावी सामान झिकाउने र बेच्ने छुटको अनुगमन हुन नसकेकोले गर्दा यसको बजार अनियन्त्रीत बन्न गएको छ भने यस्ता वस्तुहरुबाट करोडौँ राजस्व समेत गुमिरहेको छ र ग्राहकहरु समेत यसको सिकार बनेका छन् सकि नसकी बजारबाट यस्ता सामानहरु पचासौँ हजार तिरेर खरिद ग¥यो कुन बेला विग्रीने हो थाहा छैन ।  यस्ता कार्यहरुलाई निरुत्साहित गर्नको लागि संस्थाको तर्फबाट सक्दो पहल गर्नु अपरिहार्य रहेको छ । 

 

अध्यक्ष
प्रविधि उपभोक्ता संरक्षण मञ्च, नेपाल

प्रतिकृया दिनुहोस

समाचार

मुख्य समाचार

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी

Boztray

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी विश्वमै लोकप्रीय अनलाईन शपिङ्ग नेपालमा पनि लोकप्रिय हुँदै गइरहेको कुरा सर्वविदितै छ । आफ्नो व्यवसाय स्थल... .विस्तृतमा


प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त

Save Environment

प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त:  जीवन ज्योती जागरण नेपाल, नामक संस्थाले नेपाल र विश्व वातावरण संरक्षण सम्र्पुण पृथ्वी बासीक... .विस्तृतमा


के तपाँइको मोवाइल सुरक्षित छ ?

Mobile Security

के तपाँइको मोवाइल सुरक्षित छ ? तपाइको दैनिकी बनेको मोवाईल फोन कत्तिको सुरक्षित छ भन्ने कुरा सायद कमैलाई चासोको विषय हुनसक्छ । तर यदी त्यही मोवाईलले... .विस्तृतमा


View more

बजार

View all

अन्तर्वार्ता

View all

साईबर अपराध

View all

मनोरन्जन

View all

बिचार

View all

रोचक

View all


© 2016 All Rights Reserved

© Copyright 2018 Biztray.com | All Rights Reserved