के नेपालमा राजतन्त्रको सम्भावना छ ?

King Gyanendra

व्यवहारिक छैन पूर्व राजा ज्ञानेन्द्रको भनाईः


नेपालमा लामो इतिहाँस बोकेको राजतन्त्र समाप्त भएको करिव १ दशक पुगिसकेको छ, यस अवधिमा अधिकांस समय संक्रमणकालमा वितेको छ भने देश अहिले संक्रमण कालको लगभग अन्त्यतिर आईपुगेको छ, देश गणतन्त्र भएको छ, नयाँ संविधान लागू भई कार्यान्वयन हुने क्रममा छ, संघियता लागूभई देश निर्वाचनको तयारीमा होमिएको छ तर एक्कासी पुर्वराजा ज्ञानेन्द्रले आफ्नो कुण्ठा जनताको नाममा पासा फ्याकेका छन्, अहिलेको अवस्थामा यसको कुनै तुक छ जस्तो लाग्दैन, ज्ञानेन्द्रको हिम्मत र साहसले काम गरेको भए सायद यो संक्रमणकालमा आफ्नो भूमिका खोज्न सक्थे होला तर उनले अधिकांस समय आफ्नो र अपुतालीमा पाएको सम्पत्तीको रक्षा गर्नमात्र तल्लिन रहेर समय विताए । 

के नेपालमा राजतन्त्रको सम्भावना छ ?


नेपालमा पहिलेको जस्तो एकल राजतन्त्र अव संम्भावना छैन, तर साँस्कृतीक, धार्मिक र देशकै अभिभावकत्व निर्वाह गर्ने निकायको रुपमा राजसंस्थालाई जोगाउन सकिएको भए राम्रो हुन्थ्यो भन्ने भावना आम जनमासमा परेको छ, यसको उदाहरण गत निर्वाचनमा कमल थापाले समानुपातिमा ल्याएको मतबाट आँकलन गर्न सकिन्छ । इतिहासको पानाबाट बेलायतको उदाहरण हेर्न सकिन्छ, पहिला जनताद्धारा नै समाप्त गरिएको राजतन्त्र पुनः जनताद्धारा नै शःसर्त पुनस्थापित गरेर अहिले सम्म पनि रबर स्ट्याम्पको रुपमा राजसंस्थालाई स्थापित गरिएको छ । 

के गर्न सक्छन् ज्ञानेन्द्रले ?


अहिलेको परिप्रेक्ष्यमा श्री ज्ञानेन्द्र शाह नेपालका एक स्वतन्त्र र सम्मानित नागरिक हुन् । उनले समयको माग संगै जनताबाट मोहोर र सलामीको मात्र आशा राख्ने होईन, बरु निमुखा, गरिव र असहाय जनता संग हातमा हात मिलाएर श्री हिमानी शाहको नेत्रृत्वमा नयाँ राजनितिक पार्टी खडा गरी देश र जनतामा समर्पित हुन सक्ने हो भने अझ पनि शाहवंशको अस्तित्व रहन सक्छ । हिन्दु राज्य र शान्तिक्षेत्र नेपाल भन्नेकुरा इतिहाँसमा सिमित भइसकेको छ भने भ्रष्टाचारी र विदेशी दलालहरुको हालिमुहाली तोड्नका लागि पनि यसले राम्रो भूमिका खेल्न सक्नेछ । नेपालमा केही समयका लागि भएपनि निस्वार्थ राजनितिज्ञको खाँचो छ जसले जनताका लागिमात्र सोचेर काम गर्न सकोस्, जनताको प्रिय पात्र होस्, स्वार्थको राजनितिबाट जनताले के अपेक्षा गर्ने र ? त्यसैले श्री ज्ञानेन्द्र शाहले नेपाली जनताको मर्म र हितमा कार्य गर्ने गरी नयाँ राजनितिक दल खडा गरी यसै संविधान अनुसार दुई तिहाई मत ल्याई संविधान समेत आफु अनुकुल परिमार्जन गरी शासन सम्हाल्न सक्छन् । 
      

 

प्रतिकृया दिनुहोस

समाचार

मुख्य समाचार

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी

Boztray

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी विश्वमै लोकप्रीय अनलाईन शपिङ्ग नेपालमा पनि लोकप्रिय हुँदै गइरहेको कुरा सर्वविदितै छ । आफ्नो व्यवसाय स्थल... .विस्तृतमा


प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त

Save Environment

प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त:  जीवन ज्योती जागरण नेपाल, नामक संस्थाले नेपाल र विश्व वातावरण संरक्षण सम्र्पुण पृथ्वी बासीक... .विस्तृतमा


के तपाँइको मोवाइल सुरक्षित छ ?

Mobile Security

के तपाँइको मोवाइल सुरक्षित छ ? तपाइको दैनिकी बनेको मोवाईल फोन कत्तिको सुरक्षित छ भन्ने कुरा सायद कमैलाई चासोको विषय हुनसक्छ । तर यदी त्यही मोवाईलले... .विस्तृतमा


View more

बजार

View all

अन्तर्वार्ता

View all

साईबर अपराध

View all

मनोरन्जन

View all

बिचार

View all

रोचक

View all


© 2016 All Rights Reserved

© Copyright 2018 Biztray.com | All Rights Reserved