जवानीका १० गल्ती जसले पछिसम्म पछुतो महसुस गराउँछ

Old Man

जीवनका हरेक समयमा हामीले लिएको सबै निर्णय भध्ये केही ठीक हुन्छन् त केही ठिक नहुन पनि सक्छन् । कतिपय समयमा निर्णय गरे पश्चात हामीलार्इ आफ्नो गल्तीको महसुस हुन्छ र यसले हामीलाई लामो समयसम्म खिन्न तुल्याउने गर्छ । विशेषगरी यसबारेमा वृद्धहरुलाई सोध्दा थाहा पाउन सकिन्छ । उनीहरुले जवानीमा गरेका केहि गल्ती बूढो हुँदा सम्म सम्झिरहन्छन् र त्यसको पछुतो जीवनभर महसुस हुने उनीहरू बताउँछन् ।

१. ‘आइ लभ यु’
जवानीमा हामी धेरै जोश र सौन्दर्यले भरिएका हुन्छौँ । तर आफूले मौका पाउँदा पाउँदै पनि माया गर्ने मान्छेलाई आफ्नो मनको कुरा भन्न नसक्नु हाम्रो ठूलो कमजोरी हो । त्यसबेला हामीलाई यो कुरा केही होइन जस्तो लागेपनि पछि गएर यो सानो कुराले पनि हाम्रो जीवन बदल्न सक्थ्यो भनेर हामीलाई पछुतो लाग्नेछ ।

२. अरु मानिसले के सोच्छन् ?
यो प्रश्नले हाम्रो जीवनलाई धेरै प्रभाव पारिरहेको हुन्छ । समाजले के भन्छ, अरुले के भन्छन् भन्ने सोचेर हामी आफ्नो मनमा लागेको कुरा गर्न र बोल्न समेत डराउछौँ । तर यो कुराको आभास हामीलाई तब मात्र हुन्छ जब हामीले चाहेर पनि हाम्रो जीवन परिवर्तन गर्न सक्दैनौँ ।

३. पछि गरौँला
जीवनले सधैँ सधैँ अवसर दिइराख्दैन भन्ने कुरा बुझ्न हामीलाई धेरै समय लाग्छ । त्यसकारण हामीले त्यस्ता अवसरलाई सजिलै खेर फाल्दिने गर्छौँ । जस्तै हामीले कतै घुम्ने भनेर योजना बनाएपनि पछि जाऔँला र सबै काम पछि गरौँला भनेर साँची राख्ने गरेका छौँ । यो एकदम गलत कुरा हो किनकी यस्तो समय र यही मौका दोहोरिएर नआउन पनि सक्छ ।

४. म कति सुन्दर छु
किशोर अवस्थामा हामी कति सुन्दर थियौँ भन्ने कुरा हामीले चाउरी परेपछि मात्र महसुस गर्छौँ । अहिलेको समयमा जसले पनि आफूलाई अरुसँग तुलना गर्ने गर्छ र आफ्नो सुन्दरताको कहिल्यै सम्मान गर्दैन । यसै कारण उनीहरुमा आत्मविश्वासको कमी हुन्छ जसकारण हामी बाँकी मानिसभन्दा पछि पर्दै जान्छौँ । तर उमेर बढ्दै गएपछि मात्र मानिसलाई यस कुराको आभास हुन्छ ।

५. आमाबुवाले भनेको ठीक रहेछ
जवानीमा सबैले आफ्ना बाबुआमाका सल्लाह र सुझावसँग दिक्क मान्छन् । सबैलाई आफ्नो जीवनको निर्णय आफैँ लिन सक्छु भन्ने लाग्छ । तर हाम्रा आमाबुवाले हाम्रो कुभलो कहिल्यै सोचेका हुँदैनन् र उनीहरुले दिएका सुझाव कुनै न कुनै बेला अवश्य काम लाग्छ । यसको आभास हामीलाई पछि मात्र हुने गर्छ जसबेला धेरै ढिलो भइसकेको हुन्छ ।

६. करिअर
किशोरावस्थामा हामीले आफ्नो भविष्यका बारेमा भन्दा पनि जे हातमा आयो त्यही हिसाबले काम गर्ने गर्छौँ । तर यसबारेमा हामीलाई पछि मात्र पछुतो लाग्छ जब हामी त्यसबाट सजिलै बाहिर निस्कन सक्थ्यौँ तर अलिकति हिम्मतको कमीले हाम्रो जीवनको लक्ष्य अधुरै रहन जान्छ ।

७. परिवार र साथीभाइ
कतिपय मानिसहरु जवानीमा कामको व्यस्तताका कारण साथीभाइ र परिवारसँग पर्याप्त समय बिताउँदैनन् । करिअर बनाएपछि र पैसा कमाएपछि रमाइलो गरौँला भन्ने सोचले उनीहरु टाढा हुँदै जान्छन् । तर उमेर बढ्दै गएपछि यसको धेरै पछुतो लाग्छ ।

८. आफ्नो कलाको कदर नगर्नु
जवानीमा हामीसँग कला हुँदा हुँदै पनि हामीले त्यसलाई वास्ता गर्दैनौँ । जस्तै कोहि मान्छे गीत गाउनमा राम्रो हुन्छ भने कोही लेख्नमा, तर हामीसँग समय र कला दुवै भएका बेलामा हामीले त्यसको कदर गर्दैनौँ । यसकारण पछि मात्र हामीलाई यसको आभास हुन्छ ।

९. जीवन एउटा एड्भेन्चर
हामीसँग ऊर्जा भएको समयमा हामी धेरै रमाइलो गर्न सक्छौँ । उमेर छँदाछँदै जीवनलाई एड्भेन्चर जसरी लियौँ भने पछि हामीसँग धेरै यादहरु र कथाहरु हुन्छन् तर जीवनको मज्जा समयमै लिएन भने हामीलाई सधैँ पछुतो लागिरहनेछ ।

१०. स्टेजमा जाने मौका
जीवनमा कुनै समय मानिससँग स्टेजमा गएर प्रदर्शन गर्ने मौका हुन्छ । मौका हुँदाहुँदै पनि हामी लाज मान्छौँ तर पछि गएर हामीलाई धेरै पछुतो लाग्छ । त्यसबेलाको एउटा मौका जान दिएर हिम्मत नगरेकोमा सधैँ मनमा नराम्रो लागिरहन्छ । असनेपाल न्युज

प्रतिकृया दिनुहोस

समाचार

मुख्य समाचार

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी

Boztray

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी विश्वमै लोकप्रीय अनलाईन शपिङ्ग नेपालमा पनि लोकप्रिय हुँदै गइरहेको कुरा सर्वविदितै छ । आफ्नो व्यवसाय स्थल... .विस्तृतमा


प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त

Save Environment

प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त:  जीवन ज्योती जागरण नेपाल, नामक संस्थाले नेपाल र विश्व वातावरण संरक्षण सम्र्पुण पृथ्वी बासीक... .विस्तृतमा


के तपाँइको मोवाइल सुरक्षित छ ?

Mobile Security

के तपाँइको मोवाइल सुरक्षित छ ? तपाइको दैनिकी बनेको मोवाईल फोन कत्तिको सुरक्षित छ भन्ने कुरा सायद कमैलाई चासोको विषय हुनसक्छ । तर यदी त्यही मोवाईलले... .विस्तृतमा


View more

बजार

View all

अन्तर्वार्ता

View all

साईबर अपराध

View all

मनोरन्जन

View all

बिचार

View all

रोचक

View all


© 2016 All Rights Reserved

© Copyright 2018 Biztray.com | All Rights Reserved