पशुपतीमा सूचना केन्द्रको अभाव

पशुपतीमा सूचना केन्द्रको अभाव

नेपाल भू राज्यकै सबैभन्दा सर्वमान्य देवालय श्री पशुपतिनाथ मन्दीर, विश्वमानै हिन्दुहरुको आस्थाको केन्द्रका रुपमा लिन सकिन्छ, यस मन्दिरमा बर्षौँदेखि बार्षिक रुपमा लाखौँ तिर्थालुहरु विश्वका कुना कुनाबाट दर्शन गर्न आउने गर्दछन् । यस परिसरलाई अझ व्यवस्थित गरेर विश्व समुदायलाई पर्यटन र पुरातात्वीकरुपमा प्रवद्र्धन गर्न सकिएमा राज्यलाईनै फाइदा पुग्नेमा दुईमत नहोला । उक्त पशुपति क्षेत्रमा नास्तिक भएपनि आस्तिक भएपनि कुनै न कुनै रुपमा एक पटक वा पटक पटक पुग्नेनै गरेका छौँ । आफ्ना आफन्त, छिमेकी वा साथीभाईको मृत्यु हुँदा अन्त्येष्टी गर्ने पहिलो रोजाई पशुपति क्षेत्र नै पर्दछ । 
प्रविधिको विकासले जो जहाँसुकै भएपनि आजको दिनमा सबैलाई नजिकमा ल्याउन सफल भएको छ । तर अहिले पनि पशुपति क्षेत्रमा प्रविधिले समान्य सहयोगी भूमिका समेत खेल्न सकेको छैन । आफ्नो र आफन्तको मृत्यु हँुदा भोग्नुपर्ने समस्या त छँदैछ कहाँ के गर्ने, आफ्ना र आफन्तलाई कसरी सम्पर्क गर्ने, किरियापुत्री भवनमा स्थानहरु छ की छैन लगायत पर्यटकिय हिसावले पनि कुनै जानकारी दिने आधिकारिक सूचना केन्द्र वा निकायहरु देखिँदैन । 


पशुपति क्षेत्रमा यस्तो प्रकारको सूचना केन्द्र खोल्नका लागि आर्थिक समस्या पनि होईन समस्या छ त केवल इच्छाशक्तिको इच्छाशक्ति भए यो काम विभिन्न संघ संस्थाहरु, विज्ञान प्रविधिका विशेषज्ञहरु र सम्बन्धित निकायहरुको सहयोगमा कुनैपनि समयमा निर्माण गर्न सकिन्छ । त्यसैले पशुपति क्षेत्रमा सुविधा सम्पन्न सूचना केन्द्रको स्थापना र धार्मिक तथा पर्यटकिय प्रवद्र्धनका निमित्त सम्बन्धीत संघ संस्थाहरु, स्थानियबासीहरु र सम्बन्धित निकायहरुको ध्यान जानुपर्ने आजको आवस्यकता रहेको छ । 
 

 

प्रतिकृया दिनुहोस

समाचार

मुख्य समाचार

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी

Boztray

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी विश्वमै लोकप्रीय अनलाईन शपिङ्ग नेपालमा पनि लोकप्रिय हुँदै गइरहेको कुरा सर्वविदितै छ । आफ्नो व्यवसाय स्थल... .विस्तृतमा


प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त

Save Environment

प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त:  जीवन ज्योती जागरण नेपाल, नामक संस्थाले नेपाल र विश्व वातावरण संरक्षण सम्र्पुण पृथ्वी बासीक... .विस्तृतमा


के तपाँइको मोवाइल सुरक्षित छ ?

Mobile Security

के तपाँइको मोवाइल सुरक्षित छ ? तपाइको दैनिकी बनेको मोवाईल फोन कत्तिको सुरक्षित छ भन्ने कुरा सायद कमैलाई चासोको विषय हुनसक्छ । तर यदी त्यही मोवाईलले... .विस्तृतमा


View more

बजार

View all

अन्तर्वार्ता

View all

साईबर अपराध

View all

मनोरन्जन

View all

बिचार

View all

रोचक

View all


© 2016 All Rights Reserved

© Copyright 2018 Biztray.com | All Rights Reserved