प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त

Save Environment

प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त: 

जीवन ज्योती जागरण नेपाल, नामक संस्थाले नेपाल र विश्व वातावरण संरक्षण सम्र्पुण पृथ्वी बासीको चासोको बिषय हो, भन्दै वातावरण स्वच्छ रहे हामी स्वस्थ रहन्छौ, प्राकृतिक बचे हामी बाँच्छौ, हरियाली जोगाऊ जनतालाई रोगबाट बचाऊ, नारा बोकि यो बिनास हुन् लागेको पृथ्वीलाई जोगाऊ जसरी यो पृथ्वीको प्राकृतिक बिनास भएर मरुभूमीमा परिणत हुदैछ, त्यसरी नै हामी मानवलाई कडाहानिकारक भाईरसले सताई सकेको छ । आज हाम्रो प्रतिरोधात्मक शक्ति क्षिण हुदै गईरहेको छ,अस्पतालका औषधीले मात्र जीवन बाँच्ने आशा नगर्दा हुन्छ,किन भने प्राकृतिक नै सबै भन्दा ठूलो औषधी हो, बिभिन्न नयाँ प्रकारका रोगले जरो गाडेको छ । सेता हिमाल आज काला हिमाल बनि सकेका छन्,सुन्दर प्राकृतिकका देनहरु झरना, खोला, छाँगा, छहराहरु सुकेर लोप भईसके, अतः प्राकृतिकले मानव जन्मायो, मानवले त्यहि प्राकृतिकलाई बिनास गर्दै छन् । प्राकृतिकलाई आमा भनिन्छ, आज यिनै आमालाई बिनास गदैछन् मानव जातिले आफ्नो बिनास आफै निम्त्याई रहेका छन् । बिद्धान महोदयहरु र शिक्षित समुदायहरुले प्राकृतिक संरक्षण गर्नु भन्दा बिकासको नाममा बिनास गरिरहेको दृश्य हाम्रो सामन्ने छ, यसै गरी वातावरण बिग्रिदैे छ, यहि गतिमा रुख बोटबिरुवा सखाप हुने हो भने प्रत्येक मानव जाति, जीबीत प्राणीहरुलाई अक्सिजनको सिलिन्डर आवश्यकता पर्ने दिन आउने  छ । हामीहरु प्राकृतिकका उपज हौ, त्यस कारण सम्र्पुण प्राणी प्राकृतिकमा आधारित भएर बाँचिरहेका छन् । आजको पृथ्वी भोलि मंगल ग्रह जस्तो हुने छ, यो ईतिहास र भूगोलको पानामा मात्र बृतचित्रमा सिमित नहोला भन्न सकिदैन् तसर्थ प्राकृतिक हाम्रा पुखाहरुले जसरी हामीलाई स्वच्छ सफा पानी, वातावरण, बनजंगल, जिम्मा दिएका थिए, अब हाम्रा सन्ततीलाई के दिने, के सिमेन्टका शहर र एटम बम ले मात्र पुग्छ र ?
नेपाल र विश्वका सम्र्पुण प्राकृतिक पे्रमीहरुले,यसको लागी पहलकदमी गरी दिनु हुन हार्दिक अनुरोध गर्दछौ । यसको साथै वातावरण र हरियालीे संरक्षणको नयाँ सिद्धान्त पेश गरिन्छ ।

वातावरण र हरियालीको नयाँ सिद्धान्त २+४+२

१)   विश्वमा प्रत्येक ८ सेकेन्डमा एक शिशुको जन्म हुन्छ र शिशुका बाबु आमाले   जन्मेको खुशियालीमा २ वटा रुख रोपि शिशुको जन्म र्दता गराउने नियम नेपाल लगायत विश्वमा लागु गरियोस् ।
२)   विश्वमा लगभग प्रति १० मिनेटमा एक जोडिको विबाह भएको हुन्छ, त्यो जोडिले आफ्नो विबाहको शुभ सम्झनामा २÷२=४ रुख रोपेको प्रमाण सहित विबाह र्दता गराउने नियम नेपाल लगायत विश्वमा लागु गरियोस् ।
३)  विश्वमा लगभग प्रति १२ सेकेन्डमा एक जना मानवको मृत्यु हुन्छ, मुर्तकका आफन्तहरुले मृर्तकको श्रद्र्धान्जलीका लागी २ रुख रोपेको प्रमाण सहित मृत्यु दर्ता गराउने नेपाल लगायत विश्वमा लागु गरियोस् ।

यस सिद्धान्तको प्रतिपादन नियम पुर्वक गरियोस् । नेपालको सन्र्दभमा यसको जिम्मा सामुदायिक बन उपभोक्ता समिति, गाउ पालिका कार्यालय, जि.बि.स. नगर पालिका कार्यालय, महानगर पालिका कार्यालय, जिल्ला बन कार्यालय, बन बिभाग
कार्यालय, बन तथा वातावरण मन्त्रालयलाई दिएर, नेपालको नयाँ बन्ने संबिधानमा यो सिद्धान्त २+४+२ लागु गरी,विश्वका राष्ट्रहरुमा यो सिद्धान्तलाई लागु गर्न नेपालले पहलकदमी भुमिका निर्वाह गरियोस् ।

www.leaf-use.com, Jeevan Jyoti Jagaran Nepal                                      

प्रतिकृया दिनुहोस

समाचार

मुख्य समाचार

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी

Boztray

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी विश्वमै लोकप्रीय अनलाईन शपिङ्ग नेपालमा पनि लोकप्रिय हुँदै गइरहेको कुरा सर्वविदितै छ । आफ्नो व्यवसाय स्थल... .विस्तृतमा


प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त

Save Environment

प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त:  जीवन ज्योती जागरण नेपाल, नामक संस्थाले नेपाल र विश्व वातावरण संरक्षण सम्र्पुण पृथ्वी बासीक... .विस्तृतमा


के तपाँइको मोवाइल सुरक्षित छ ?

Mobile Security

के तपाँइको मोवाइल सुरक्षित छ ? तपाइको दैनिकी बनेको मोवाईल फोन कत्तिको सुरक्षित छ भन्ने कुरा सायद कमैलाई चासोको विषय हुनसक्छ । तर यदी त्यही मोवाईलले... .विस्तृतमा


View more

बजार

View all

अन्तर्वार्ता

View all

साईबर अपराध

View all

मनोरन्जन

View all

बिचार

View all

रोचक

View all


© 2016 All Rights Reserved

© Copyright 2018 Biztray.com | All Rights Reserved