अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी

Boztray

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी

विश्वमै लोकप्रीय अनलाईन शपिङ्ग नेपालमा पनि लोकप्रिय हुँदै गइरहेको कुरा सर्वविदितै छ । आफ्नो व्यवसाय स्थल भन्दा बाहिरका ग्राहकहरु सामु पनि आफ्ना उत्पादन वा सेवाहरु पु¥याउने माध्यमलाई नै अनलाईन शपिङ्ग भनिन्छ । यसबाट ग्राहले छोटो समयमा नै आफुले रोजे जस्तो र खोजे जस्तो बस्तु वा सेवा बजारमा भन्दा सस्तो मूल्यमा तुरुन्छ प्राप्त गर्न सक्दछन् भने मोवाईल सेवाले गर्दा सबैको हात हातमा अनलाईन बजार नै उपलब्ध छ ।

     

नेपालको भौगोलिक अवस्था र विभिन्न स्थानमा अलग अलग हावापानी भएको कारणले गर्दा कुनै स्थानमा जडीबुटी पाईन्छ, कुनै स्थानमा अलैची पाईन्छ, कुनै स्थानमा स्याउ पाईन्छ, कुनै स्थान खुकुरीको लागि प्रसिद्ध छन्, कुनै स्थान हस्तकलाको लागि प्रसिद्ध छन्, कुनै स्थान धार्मिक स्थल छन्, कुनै स्थान पर्यटकीय हिसावले प्रसिद्ध छन भने समुदायको हिसावले पनि नेपालमा बिभिन्न स्थानहरुमा विभिन्न समुदायहरु बसोबास गर्दछन् ।

सबै उत्पादनका लागि र सबै समुदायका लागि बजार चाहिन्छ भने आफ्ना उत्पादनहरु विभिन्न कारणले गर्दा सबै ठाँउमा पु¥याई बजार विस्तार गर्न सकिदैन यसको लागि सजिलो उपाय भनेको नै अनलाईन बजार हो । जसको माध्यमद्धारा कुन स्थानमा को संग के बस्तु उपलब्ध छ भनेर जानकारी लिई अनलाईनको माध्यमद्धारा सम्पर्क गरी वा अनलाईनबाट सिधै खरिद गर्न पनि सकिन्छ ।

नेपालमा अनलाईन बजारको लागि विभिन्न समस्याहरु रहेका छन् जस्तै अव्यवस्थित र प्रदुशित शहरीकरण, यातायातको असुविधा, सर्वसाधारणको डाटा कुनै सरकारी निकाय संग नहुनु जस्ता समस्याहरु रहेका छन् भने च्याउ जस्तै नयाँ नयाँ खोलिएका अनलाईन वेवसाइटहरुले गुणस्तर वस्तु देखाएर गुणस्तरहिन वस्तु उपलब्ध गराउने, सामानको वारेन्टी ग्यारेन्टी केही नहुने, कहि विक्री नभएका वस्तुहरु अनलाईनको माध्यमद्धारा ग्राहलाई लोभ्याएर भिडाउने जस्ता समस्याहरु पनि रहेका छन् यसले गर्दा ग्राहकहरु पनि चनाखो हुनुपर्ने  देखिएको छ भने सरकारी निकायबाट पनि यसको निगरानी बढाउनुपर्ने आवस्यकता देखिएको छ ।


यी र यस्तै समस्याहरुका वाबजुद हाल अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी प्रा. लि. ले आफ्नो अनलाईन शपिङ्ग वेवासाईट www.biztray.com र मोवाईल एप biztray को विकास गरी बजारमा ल्याएको छ, जसलाई आफ्नो मोवाईलमा एप स्टोर बाट डाउनलोड गरी सजिलै संग आफुसंग भएका कुनै पनि सामान बेच्नको लागि यस वेव साइडमा राख्न सकिन्छ भने ग्राहकले पनि रोजी रोजी ढुक्क संग यस वेवसाइडबाट सामानहरु खरिद गर्न सक्नेछन् ।

यसैगरी साना खुद्रा व्यापारीहरुको लागि सहयोग पुग्ने गरी होलसेल मूल्यमा विक्री गर्नको लागि यस कम्पनीले विभिन्न कम्पनीका उत्पादनहरु उपलब्ध गराउने जनाएको छ जस्तै हाललाई विभिन्न कम्पनीका रिचार्ज कार्ड, सिम कार्ड, टेलिभिजन सेवा, मोवाईल तथा मोवाईलका पार्टस तथा एसेसरिजहरु, इलेक्ट्रोनिक्सका सामानहरु उपलब्ध गराउने र यो क्रम बढाउदै जाने कुरा जनाएको छ ।

प्रतिकृया दिनुहोस

समाचार

मुख्य समाचार

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी

Boztray

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी विश्वमै लोकप्रीय अनलाईन शपिङ्ग नेपालमा पनि लोकप्रिय हुँदै गइरहेको कुरा सर्वविदितै छ । आफ्नो व्यवसाय स्थल... .विस्तृतमा


प्रबिधी उपभोक्ता सम्रक्षण मंचको गठन

CTN-Forum

प्रविधि सम्बन्धी खोज तथा अनुसन्धान गर्ने, उपभोक्ताहरुको हितमा कार्य गर्ने, नयाँ नयाँ प्रविधिका उपलब्धीहरुबारे जानकारी गराउने, प्रविधिको क्षेत्रमा भएका... .विस्तृतमा


अनलाईन व्यापार के हो ?

Online Shopping

अनलाईन व्यापार के हो ? विश्वमा बढ्दै गएको जनसंख्या र सिमित भूगोलका कारण बजार पनि अस्तव्यस्त तरिकाले विकसित हुँदै गईरहेका छन् । यसको विकल्पको र... .विस्तृतमा


View more

बजार

View all

अन्तर्वार्ता

View all

साईबर अपराध

View all

मनोरन्जन

View all

बिचार

View all

रोचक

View all


© 2016 All Rights Reserved

© Copyright 2018 Biztray.com | All Rights Reserved