सडकमा ट्राफिक प्रहरीको स्वेच्छाचारी कानून र दादागिरी

Trafic

सडकमा ट्राफिक प्रहरीको स्वेच्छाचारी कानून र दादागिरी


यो देशको नागरीकको हैसियत सायद हाम्रो पनि हुनु पर्ने हो, तर सडकमा ट्राफिकको दादागिरी हेर्ने हो भने लाग्छ यो देशमा किन जन्मिएहोला भनेर, अलि अलि कानून हामिलाई पनि थाहा छ, सडक साँघुरा छन् त्यो हाँम्रो दोस होईन, पार्किङ्गको व्यवस्था छैन त्यो पनि हाम्रो दोस होईन भने हामी नागरिक माथी नै यसरी च्वेच्छाचारी ढंगले दादागिरी देखाउने, करको नाममा जथाभावी चिट काट्ने, दुखः दिने तँलाई भित्र हाल्दिँउ भन्ने कृयाकलाप देख्दा विदेशतिर गएर काम गर्न पाए पनि हुन्थ्यो जस्तो लाग्छ । कुरा २०७५ मँसिर १० गतेको हो म आफ्नो दैनिकी अनुसार करिब २ः०० वजे रातोपुलको एउटा मोवाईल पसलमको साईडमा मोटरसाईकल राखेर सो मोवाईल पसलमा सिमकार्ड बेच्नको लागि दिँदै थिँए, त्यहाँ न त जाम थियो, वरपर सामान्य गतिविधि नै थियो, म पसलमा सामान दिएर बाहिर मात्र के निस्केको थिँए एकजना ट्राफिक प्रहरी सरकारी नम्बरको मोटरसाईकलमा आएर त्यसको ठिक पारीपट्टी रोकेर मेरो मोटरसाईकल छेउमै आए र को हो भन्दै एक्कारी मोटरसाईकल हल्लाउदै कराउन थाले, मैले मेरो हो म यहाँ सामान दिएर अब जान लागेको भनेँ त्यसो भन्दा तेरो विल बुक निकाल भन्यो, मैले निकालेर दिँए यत्तिकैमा रु. १००० को चिट काटेर मेरो हातमा थमायो र मेरो बिलबुक लिएर गयो, मैले सडको साइडमा यत्तिका मोटरसाईकल रोकेर राखेका छन् म आएको पनि धेरै समय भएको छैन यहाँ जाम पनि छैन भन्दा तँ जान्ने हुन्छस बढी कराईस भने भित्र हाल्दिन्छु भन्ने जवाफ आयो, र अब तेरोबाट सुरु हो भनेर सँगैको मोटरसाईकल तिर लाग्यो त्यो पनि मेरो अर्को साथिको परेछ साथिले पसलको अगाडी एकछिन मोटरसाईकल अडाउन पाँईदैन र ? म साँचो दिन्न भन्यो त्यो ट्राफिकले आफ्नो खल्तिबाट साँचोको झुप्पो निकाल्यो र एक पछि अर्को गर्दै हाल्दै झिक्दै गर्न थाल्यो निकैबेरको प्रयास पछी एउटा साँचोले जबरजस्ती गर्दै जाँदा खुल्यो र आफ्नो मोटरसाइकल त्यही छोडेर त्यसैमा चढेर गौशालातिर लाग्यो, सायद त्यो ट्राफिकले चोरले प्रयोग गर्ने जस्तो मास्टर साँचो बोकेको हुनुपर्छ नत्र साँचो बिना नै कसरी खुल्यो ?

                          

यसरी मार्केटिङ्गको काम गर्दा दिनमा धेरै ठाँउ घुमेर रु ५०० सम्म कमाई हुन्छ यसैबाट आफ्नो खर्च वा गुजारा चलाउनु पर्ने हुन्छ, हामिलाई कुनै कसैले खाएको घुसको भाग लाग्दैन, उठेको करको पनि भाग लाग्दैन, विरामी परेको बखतमा औषधी उपचार पनि पाँईदैन, छोराछोरी पढाउनको लागि कसैले फिस पनि तिरी दिँदैन तर म नेपाली नागरिक हुँ किनकी म संग बंशज नेपाली नागरिकता छ, अब विना कुनै कसुर त्यसरी एउटा ट्राफिकको तजविजले म माथि थप आर्थिक भार पर्न गएको छ, अब मैले त्यो तिर्नको लागि २ दिन सम्म भोकै काम गर्नुपर्नेछ यो प्रदुसित सहरमा २ दिन सम्म चक्कर लगाउनुपर्नेछ, त्यो ट्राफिको लागि १००० सामान्य हुनसक्छ तर मजदुरले कसरी त्यो पैसा कमाएको हुन्छ भनेर सोच्न सक्ने क्षमता ट्राफिकमा देखिएन उसमा त उसले लगाएको पोशाकको आडमा सडकमा दादागिरी देखियो, हाँमी पनि मान्छेनै हो कहिलेकही हामी बाट पनि गल्ती हुन्छ सो अनुसार हामीले हर्जाना पनि भरेकै छौँ तर आजको अवस्था भने अस्वाभाविक थियो ।

प्रतिकृया दिनुहोस

समाचार

मुख्य समाचार

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी

Boztray

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी विश्वमै लोकप्रीय अनलाईन शपिङ्ग नेपालमा पनि लोकप्रिय हुँदै गइरहेको कुरा सर्वविदितै छ । आफ्नो व्यवसाय स्थल... .विस्तृतमा


प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त

Save Environment

प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त:  जीवन ज्योती जागरण नेपाल, नामक संस्थाले नेपाल र विश्व वातावरण संरक्षण सम्र्पुण पृथ्वी बासीक... .विस्तृतमा


के तपाँइको मोवाइल सुरक्षित छ ?

Mobile Security

के तपाँइको मोवाइल सुरक्षित छ ? तपाइको दैनिकी बनेको मोवाईल फोन कत्तिको सुरक्षित छ भन्ने कुरा सायद कमैलाई चासोको विषय हुनसक्छ । तर यदी त्यही मोवाईलले... .विस्तृतमा


View more

बजार

View all

अन्तर्वार्ता

View all

साईबर अपराध

View all

मनोरन्जन

View all

बिचार

View all

रोचक

View all


© 2016 All Rights Reserved

© Copyright 2018 Biztray.com | All Rights Reserved