साबधान गुगल प्ले स्टोरमा पनि छन् भाइस !

गुगल प्ले स्टोर

एजेन्सी । गुगल प्ले स्टोरमा कयौ ऐप्सहरु रहेका छन् । जुन तपाईको स्मार्टफोन वा ट्याबलेटको लागि ख़तरनाक बन्न सक्छन् । यस्ता ऐप्सहरु गूगलको भाइरस सेक्युरिटीवाट बचेर डाउनलोड हुने गर्दछन् ।

ट्रोजन यस मध्येको एक खतरनाक भाइरस हो । जुन पोर्न भिडियो हेर्ने मानिसलाई लक्षित गरेर तयार गरिएको छ । पोर्न भिडियो हेर्ने मानिसले भिडियोको लागि कहि पनि क्लिक गर्न तयार हुन्छन् ।

यस अवस्थामा ट्रोजन भाइरस प्रयोगकर्ताको स्मार्टफोन आउछ । भाइरस सेक्युरिटीको बिषयमा बताउने एक वेभसाइटका अनुसार अगस्त २०१५ र फेब्रुवरी २०१६ बीच ३४३ यस्तो क्लिक गर्ने विज्ञापन गुगल प्ले स्टोरमा देखिएका थिए ।

गूगल प्ले स्टोर –

बेभसाइटका अनुसार एन्ड्रोइड प्रयोगकर्ता सामु पुग्न ‘पोर्न क्लिकर’ सबैभन्दा ज़्यादा सफल भएको छ । टेन्पल रन, टकिङग टम, सबवे सर्फ़र जस्ता नाम चलेका ऐप्सको नाम दिएर भाइरस साइटले युजर सामु पुग्न सफल भएका हुन् ।

एक पटक डाउनलोड भइसकेको ट्रोजनले तपाईले थाहानै नपाई फोनलाई कन्ट्रोल गरिसकेको हुन्छ ।

एंड्राइड –

यस प्रकारका ट्रोज़न भाइरसले आफै विज्ञापनहरुमा क्लिक गर्दछन् र कम्पनीवाट उनिहरुले पैसा कमाउने गर्छन् । यदि तपाई चाहानुहुन्छ भने यस्ता एप्सवाट टाढै रह्न सक्नुहुनेछ ।

त्यसको लागि तपाई अनावश्यक एप्स डाउनलोड गर्नुहुदैन । ऐप्स बनाउने कम्पनीको नाम सधै राम्ररी पढने गर्नु पर्दछ । यदि कुनै एप्स नाम चलेको छ भने त्यसलाई बनाउने कम्पनीको नाम हेर्नुहोस र त्यसको डाउनलोड संख्या पनि पढ्नुहोस यसवाट तपाईलाई लागेको शंखा हट्नेछ ।

कुनै पनि ऐप्स सितैमा बन्दैन यदि अचानक त्यस एप्सको फ़्री भर्ज़न आयो भने तपाई सावधान हुन आवश्यक छ । साथै स्मार्टफोनमा सधै एन्टिभाइरस राख्ने गर्नुहोस् ।

- See more at: http://palpalko.com

प्रतिकृया दिनुहोस

समाचार

मुख्य समाचार

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी

Boztray

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी विश्वमै लोकप्रीय अनलाईन शपिङ्ग नेपालमा पनि लोकप्रिय हुँदै गइरहेको कुरा सर्वविदितै छ । आफ्नो व्यवसाय स्थल... .विस्तृतमा


प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त

Save Environment

प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त:  जीवन ज्योती जागरण नेपाल, नामक संस्थाले नेपाल र विश्व वातावरण संरक्षण सम्र्पुण पृथ्वी बासीक... .विस्तृतमा


के तपाँइको मोवाइल सुरक्षित छ ?

Mobile Security

के तपाँइको मोवाइल सुरक्षित छ ? तपाइको दैनिकी बनेको मोवाईल फोन कत्तिको सुरक्षित छ भन्ने कुरा सायद कमैलाई चासोको विषय हुनसक्छ । तर यदी त्यही मोवाईलले... .विस्तृतमा


View more

बजार

View all

अन्तर्वार्ता

View all

साईबर अपराध

View all

मनोरन्जन

View all

बिचार

View all

रोचक

View all


© 2016 All Rights Reserved

© Copyright 2018 Biztray.com | All Rights Reserved