भोलि शुक्रबार बाट फरक धारका तीन नेपाली चलचित्र एकैसाथ प्रदर्शनमा आउँदै

नेपाली चलचित्र

काठमाडौँ – भोलि शुक्रबार फरक धारका तीन चलचित्र एकैसाथ प्रदर्शनमा आउँदैछन् ।

प्रदर्शन हुने चलचित्रमा ‘उहिले बाजेको पालामा’, ‘रोल्पा रोग’ र ‘आवारा’ छन् । गणेश बेल्बासेको लेखन तथा वसन्त घर्ती मगरको निर्देशनमा बनेको चलचित्र ‘उहिले बाजेको पालामा’ले पुरानो नेपाली मौलिक संस्कृति झल्काउने कथा बोकेको छ ।

download

यसमा रुढीवादी संस्कृति र प्रेम प्रशङ्गलाई फरक ढङ्गले देखाइएको लेखक बेल्बासेको भनाइ छ । सुनिल मानन्धर कार्यकारी निर्माता रहेको यस चलचित्रमा लेखक बेल्बासेसहित दिलीप रायमाझी, नवीन श्रेष्ठ, खुश्बु खड्का, सपना रोक्का लगायतका कलाकारको अभिनय रहेको छ ।

Rolpa-Rog

त्यस्तै, ‘रोल्पा रोग’ ग्रामीण क्षेत्रका युवाले माओवादी सशस्त्र द्वन्द्वका समयमा पाएको दुःखलाई समेटेर निर्माण गरिएको चलचित्र हो । दीपक वलीले निर्देशन गरेको चलचित्रको प्रस्तुतकर्ता निर्मला वली हुनुहुन्छ भने निर्माता थमबहादुर वली हुनुहुन्छ । चलचित्रमा शिशिर भण्डारी, कुलदीप अधिकारी, बिनु खड्का, जनक थापालगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

त्यसैगरी, ‘आवारा’ सज्जन मानिसलाई समाजले आवारा बन्न बाध्य पारेको कथा बोकेको चलचित्र हो । दिनेश पौडेलले निर्देशन गरेको यस चलचित्रमा राजेश ढुङ्गाना, सिर्जना ढकाल, राजेन्द्र बस्नेत, रवीन लामालगायतका कलाकारको अभिनय छ । यसको निर्माण झलक लामा र उग्रसेन ढुङ्गानाले गर्नुभएको हो ।

प्रदर्शन हुने तीनवटै चलचित्र फरक कथा र शैली बोकेका हुनाले एकले अर्कालाई असर नगर्ने तथा बराबर व्यापार गर्न सक्ने दाबी वितरक करण श्रेष्ठको छ ।

- See more at: http://palpalko.com

प्रतिकृया दिनुहोस

समाचार

मुख्य समाचार

'टुटल' र 'पठाओ'लाई पहिले झै चल्न दिन प्रधानमन्त्रीको निर्देशन

Tootle Pathao

बुधबार, २ माघ, २०७५, काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले निजी मोटरसाइकल प्रयोगकर्ताहरुले प्रविधिको प्रयोग गरी भाडामा यात्रु बोक्न रोक लगाइ... .विस्तृतमा


अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी

Boztray

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी विश्वमै लोकप्रीय अनलाईन शपिङ्ग नेपालमा पनि लोकप्रिय हुँदै गइरहेको कुरा सर्वविदितै छ । आफ्नो व्यवसाय स्थल... .विस्तृतमा


प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त

Save Environment

प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त:  जीवन ज्योती जागरण नेपाल, नामक संस्थाले नेपाल र विश्व वातावरण संरक्षण सम्र्पुण पृथ्वी बासीक... .विस्तृतमा


View more

बजार

View all

अन्तर्वार्ता

View all

साईबर अपराध

View all

मनोरन्जन

View all

बिचार

View all

रोचक

View all


© 2016 All Rights Reserved

© Copyright 2018 Biztray.com | All Rights Reserved