बजारमा एसेसरिज नपाउने मोवाईल बन्द गराउ

Bazar

हामीलाई थाहा छ केही समय अगाडी सम्म नेपालमा नोकिया मोवाईल प्रशस्त मात्रामा पाइन्थ्यो र यस्तो लाग्थ्यो की नोकिया भन्दा अरु मोवाईल नै हुँदैन, बिस्तारै नेपालमा नोकिया फोन लोप प्राय हुँदै गयो यसको प्रमुख कारण भनेको नोकिया कम्पनी एन्ड्रोइड भर्सनमा नगई विन्डोज भर्सनमा जानु, नोकिया मोवाईल लोकप्रिय हुनुको मुख्य कारण भनेको त्यसमा लाग्ने व्याट्री, चार्जर, हेडफोन तथा अन्य सामानहरु बजारमा प्रशस्त मात्रामा सजिलैसंग जहाँ पनि उपलब्ध हुनु रहेको थियो । 


विस्तारै विना ब्रान्डका चाइनिज मोवाईल फोनको आयात बढ्दै गयो, त्यसै वेला देखी नेपालमा मोवाईल फोन प्रयोगकर्ताहरुले शास्ती भोग्दै आईरहेका छन्, नेपाली प्रयोगकर्ताको आयश्रोत कम भएका कारण Use & Through भन्ने भनाई लागू भएको पाईदैन, भरसक आफ्नो पैसा परेको सामान सकेसम्म बनाएर नै प्रयोग गरौँ भन्ने हुन्छ तर त्यस्ता मोवाईल फोनहरुको बजारमा कुनै पनि सामानहरु जस्तै व्याट्री, चार्जर, हेडफोन तथा मर्मतका लागि अन्य सामानहरु बजारमा उपलब्ध छैनन् त्यसैले गर्दा बल्ल बल्ल किनेको मोवाईल यसै फाल्न नेपाली मोवाईल उपभोक्ताहरु बाध्य छन् । 


पछिल्लो समयमा चाईनिज मोवाइलहरु पनि विभिन्न ब्राण्डको नामले नेपाल भित्रिरहेको अवस्था छ, र प्राय जसोले आफ्नो सर्भिस सेन्टरहरु पनि सञ्चालनमा ल्याएका छन् तर पनि समस्या जिँउका तिँउ छन् । अहिले प्राय राष्ट्रिय दैनिक पत्रिकाहरु मोवाइलको विज्ञापनले भरिएका हुन्छन्, यस्तो सुविधा छ, यती पैसा भनेर ग्राहक लोभ्याउने होडबाजी नै चलेको छ । तर सामान बेचिसकेपछीको दायित्व सबै कम्पनीले पुरा गरेका छैनन्, यस्तो सामान छैन, पाईदैन, १ महिना पछी आउन सक्छ अनि बन्लाकी ? आदि इत्यादी शब्दहरुले नेपाली मोवाईल प्रयोगकर्ताहरुले हैरानी खेपीरहेका छन् यो कुरामा न त प्रशासनको आँखा पुगेको छ न त यस कुराको सुनुवाई नै हुन्छ । काठमाण्डौको मैतिदेवी बस्ने विपिन बस्नेतले २ महिना अगाडी यस्तै प्रलोभनमा परेर १८ हजारमा एउटा कम्पनीको मोवाईल किने, किनेको २ महिना नपुग्दै व्याट्री फुलेर मोवाईल चलेन उनी तुरुन्त सर्विस सेन्टर गए तर सर्विस सेन्टरले आफुसंग व्याट्री नभएको कुरा जनायो र रातभरी चार्जमा राखेको बहना बनाएर वारेन्टी पनि नहुने कुरा सुनेपछी उनी बजारमा सो व्याट्री खोज्न हानिए तर व्याट्री कही पाएनन् र अहिले सो मोवाईल कोठामा फालेर अर्को मोवाईल किनेको बताउँछन् उनी अनाहकमा आफ्नो १८ हजार डुवेकोमा दुःखीः छन् ।  यो त उदाहरण मात्रै हो, अहिले नेपालमा उपलब्ध भएका मोवाईलहरुमा कुनै पनि सामान एक अर्कामा मिल्दैनन् त्यसैले गर्दा ग्राहकले हैरानी खेप्नुपरेको छ । 


कुनै कम्पनीको नाममा नयाँ उत्पादन भनेर केही पिस सामानहरु भित्रिन्छन् र यत्तिकै हराउँछन पनि जसको परिणाम बजारमा त्यसको कुनै पनि सामानहरु पाँईदैन, त्यसले गर्दा मोवाईलमा धेरै खर्च बढेको कुरा सर्वसाधारणहरुबाट सुन्न सकिन्छ, कहिले सम्म यसरी लुट्न दिई रहने हो ? यो विषयमा सम्बन्धीत निकायको ध्यान जावस ।

 

प्रतिकृया दिनुहोस

समाचार

मुख्य समाचार

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी

Boztray

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी विश्वमै लोकप्रीय अनलाईन शपिङ्ग नेपालमा पनि लोकप्रिय हुँदै गइरहेको कुरा सर्वविदितै छ । आफ्नो व्यवसाय स्थल... .विस्तृतमा


प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त

Save Environment

प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त:  जीवन ज्योती जागरण नेपाल, नामक संस्थाले नेपाल र विश्व वातावरण संरक्षण सम्र्पुण पृथ्वी बासीक... .विस्तृतमा


के तपाँइको मोवाइल सुरक्षित छ ?

Mobile Security

के तपाँइको मोवाइल सुरक्षित छ ? तपाइको दैनिकी बनेको मोवाईल फोन कत्तिको सुरक्षित छ भन्ने कुरा सायद कमैलाई चासोको विषय हुनसक्छ । तर यदी त्यही मोवाईलले... .विस्तृतमा


View more

बजार

View all

अन्तर्वार्ता

View all

साईबर अपराध

View all

मनोरन्जन

View all

बिचार

View all

रोचक

View all


© 2016 All Rights Reserved

© Copyright 2018 Biztray.com | All Rights Reserved