सरकारको मोबाइल दर्ता प्रक्रिया बाट तर्सियो मोबाइल बजार:

Mobile

काठमाडौँ, सूचना प्रबिधि को अभिन्न अंगको रुपमा रहेको मोबाइल बजार अहिले तनाबमा छ, कारण के हो भने सरकारले भर्खरै मोबाइल आयातमा कडाइ गर्दै चोरी निकासी लाई नियन्त्रण गर्ने गरि मोबाइल दर्ता प्रणाली लागु गर्न लागेपछि संगठित रुपमै चोरी निकासी गरि कारोबार गरिरहेका केहि ब्यापारीहरुको पर्दाफास भएको भन्दै केहि अनलाइन मेडियाहरुले न्युरोड स्थित ताम्राकार कम्प्लेस र ललितपुर स्थित मोबाइल बजार बाट खुलेआम चोरीका मोबाइल र अनाधिकृत रुपमा भित्रिएका मोबाइलहरु बिक्रि भैरहेको खुलाएको छ, यसको आधिकारिक पुस्टि र कारबाही होला नहोला त्यो आफ्नो ठाउमा छ तर यस्तो क्रियाकलापले आधिकारिक रुपमा सरकारलाई कर तिरेर व्यवसाय गर्ने ब्यसाही हरुलाई भने अबस्य मर्का परेको छ ।   यसको असर बजारमा एउटै सामानको मूल्य मनपरी पाइञ्छ । यस्ता सामानहरु कम्पनिले जारी गरेको मूल्य भन्दा निकै सस्तोमा अनलाइन बजार र ठुला स्टोरहरुमा तुरुन्त पाइञ्छ । सस्तोको लोभले गर्दा कतिले आफ्नो मोबाइल नै गुमाउनु परेको छ, सुरुमा प्रयोगकर्ता लाई यो कुरा थाहा हुन्दैन जब अप्ठ्यारो पर्छ त्यसपछि मात्र आफु ठगिएको कुरा ग्राहक ले थाहा पाउछन । बिस्व अहिले एउटै बजारको रुपमा बिकसित भैरहेको छ, एउटा देशमा चोरी भएको सामान बिस्वको कुनै पनि देशमा प्रयोग हुन सक्छ र बिक्रि वितरण पनि हुनसक्छ त्यस कार्यलाई कसरि रोकथाम गर्ने त्यो देशको नीति नियम र कानूनमा भर पर्छ ।   पछिल्लो समयमा नेपाल सरकारले सुरु गर्न लागेको EIR (Equipment Identity Register) प्रबिधि स्वागत योग्य नै छ, यसबाट आम उपभोक्ताहरुलाई पनि फाइदा पुग्ने छ तर सरकार एकतर्फी रुपमा प्रस्तुत भएको छ मोबाइल ब्यवसाई र सम्बन्धित सस्था लाई समेत बेवास्ता गर्दा कार्यन्वयनमा समस्या आउने छ ।  यसतर्फ सरकार र सम्बन्धित निकायको ध्यान गयो भने अबस्य पनि लक्ष्यमा पुग्न सहज हुने  छ । 

प्रतिकृया दिनुहोस

समाचार

मुख्य समाचार

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी

Boztray

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी विश्वमै लोकप्रीय अनलाईन शपिङ्ग नेपालमा पनि लोकप्रिय हुँदै गइरहेको कुरा सर्वविदितै छ । आफ्नो व्यवसाय स्थल... .विस्तृतमा


प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त

Save Environment

प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त:  जीवन ज्योती जागरण नेपाल, नामक संस्थाले नेपाल र विश्व वातावरण संरक्षण सम्र्पुण पृथ्वी बासीक... .विस्तृतमा


के तपाँइको मोवाइल सुरक्षित छ ?

Mobile Security

के तपाँइको मोवाइल सुरक्षित छ ? तपाइको दैनिकी बनेको मोवाईल फोन कत्तिको सुरक्षित छ भन्ने कुरा सायद कमैलाई चासोको विषय हुनसक्छ । तर यदी त्यही मोवाईलले... .विस्तृतमा


View more

बजार

View all

अन्तर्वार्ता

View all

साईबर अपराध

View all

मनोरन्जन

View all

बिचार

View all

रोचक

View all


© 2016 All Rights Reserved

© Copyright 2018 Biztray.com | All Rights Reserved