कृषि क्रान्तिको कुरामात्र काम शुन्य

Agriculture

*सन्दर्भ असार पन्ध्र र कृषि पर्यट ः कृषि क्रान्तिको कुरामात्र काम शुन्य*
*- भरतराज उप्रेती*
जलस्रोत र कृषिको धनी देश नेपालमा यी दुबैको उपयोगमा न त सरकार न त हामी नै जिम्मेवार बन्न सकेका छौ । लाखौं युवाहरु बिदेशको भुमिमा पसिना चुहाइरहेका छन् । आफ्नो घरखेतको त कुरै नगरौ करेसाबारी समेत बाँजो बन्ने अवस्थामा पुगिसकेको छ । कृषिमा वैज्ञानिक प्रणाली लागू हुन नसक्दा पुर्खादेखि हराभरा बन्दै आएको जमीन अहिले अरबको मरुभूमि झै बनेको छ । सरकार ली कृषि पर्यटनको सम्भाव्यता छ मात्र भन्छ, राजनीतिक दलका नेताहरु कृषि क्रान्तिको झुटो आश्वसन बाँडिरहन्छन् । युवा पुस्तालाई विदेशमा श्रम गराउने नीतिलाई बढवा दिदै रेमिट्यानस भित्र्याएर अर्थतन्त्र धानेको लज्जास्पद कुरा मात्र गर्छ सरकार । गाउँ घरमा बूढाबूढी र केटाकेटीहरु मात्र छन् । जोश छउन्जेल जमीन जोतेर, खनेर बहादुरी गरेका हाम्रा बाबुआमहरु अहिले बुढेसकालको सहारा खोजिरहेका छन् । जमीन बाँझो रहेको आँखाले देख्न नसकेर जसोतसो करेसाबारीसम्म रोपरिहेका छन् तर अब त्यही करेसाबारी पनि उनीहरुको बलबर्कतले गर्न छोडेपछि बाँझो बन्ने निश्चित छ । तर नेपालमा जब असार पन्ध्र आउँछ, रोपाई महोत्सव गर्ने दहीचिउरा खाने, गमलामा भने पनि धान रोपेर कृषि क्रान्तिको उपहास भइरहेको छ । अन्धो सरकार र केही टाढाबाढाहरुले कृषि क्रान्ति र कृ््षि पर्यटनको नाममा खल्ती भर्ने र प्रोफाइल बनाउने मेसो गरिरहेका छन् । बेला बेलामा सरकार जमीन बाँझो राख्ने किसानलाई कारवाही गर्ने भन्दै नाग्लो ठटाएर हात्ती तर्साउन खोजेजस्तो गर्छ । युवाहरुलाई रोजगारीभन्दा पनि कृषि पर्यटनमा लगाउने नीति र व्यवस्थापनप्रति सरकार गम्भीर देखिदैन । अनि भएको जमीनलाई उपयोग गर्दै उद्यमी कसरी बन्ने भन्ने सोच हामीमा पनि छैन । आज काम गरे भोलि नै हजार हजारको बिटो पाइन्छ की पाइदैन भन्ने लत मानसिकताको भूत हामीमा चढेको छ । पैसा हात परे भइहाल्यो ।
कृषि क्रान्तिको पाइला यसरी बतास झै चलेको छ । रसायनिक मल र विषादी प्रयोग गरी उब्जाएका अन्नबाली र तरकारीहरुको प्रयोगले स्वस्थ्य जीवन नै धरापमा परेको छ । विलासी जीवनशैली महत्वाकांक्षी सोचले ढिडो, गुन्द्रुक, भटमास, मस्याग सागसब्जीहरुको स्वाद हाम्रा बाआमाले समेत बिर्सने अवस्था आइसकेको छ । हामीलाई त चिल्लो मसलादारा, तारेका खानेकुराहरु प्यारो बनेको छ । कम्पोष्ट मलको प्रयोगबाट उब्जने अन्न र सागपातहरु हाम्रा लागि बूढापाकाको उखान झै भएको छ । गाउँ घरको शुद्ध गाइ भैसीको दुध दही मही हाम्रा लागि अमेरिका, युरोप जस्तै पाउन मुश्किल भएको छ । डेरीको दही घिउ र दूध हाम्रा लागि हाइजेनिक बनेको छ ।
कली युगको मध्यमा यस्तै हुन्छ भन्थे हाम्रा बाजेहरुले । खै यो कली युगको मध्यान्तर हो की । राम्रो काम गर्न नहुने, राम्रो बोल्न नहुने रैछ । नराम्रो गर्नेहरु नै राम्रो हुने उनीहरुकै भलो हुने समयको बिभिन्न घटनाहरुले पेष्टि गदैृ आएको छ । असार पन्ध्र धान रोपाईको मध्य हो ।  धान रोपाईको यो मध्इ समयमा गाउँ घरमा सौहार्द, एकता र खुशीका साथ पञ्चे बाजाका साथ सयौं फाँट रोपाइ हुन्थ्यो, हिलो छ्यापाछ्याप, झ्याउरे असारे गीतको रौनकता, लाखे नाँचको बेग्लै रमाइलो हुन्थयो । अहिले त सहरमा रोपाई गर्ने ठाउँ नै छैन अनि एउटा सानो खेतको ग ¥होमा सयौ जना झुम्मिएर हिलो खेल्ने, रोपाइ गरेजस्तो गरेर रोपाइ पर्वकै उपहास गरे झै गर्ने परिपाटी बनेको छ । सहरका गगनचुम्बी घरहरुले ढपक्कै ढाकेकाले जमीन भन्ने ठाउँ छैन, अनि ३÷४ आना जग्गा लिएर बनाइएका घर करेसामा पनि महंगा फुल रोप्ने र सहरको ठूलो मै हुँ भन्ने आडम्बर बोक्ने शैलीको विकास भएको छ । त्यस्तै रोपाईको थकान र हर्षसँगै दही चिउरा खाने परिपाटी सहरमा अफिस, घरमा हुनेले डब्बाका डब्बा दही र किलोका किलो चिउरा खाएर असार १५ मनाउने विकृति बढेको छ । गाउँका जमीन बाँझो छन्, त्यहाँको जमीनमा रोपाई गर्न न त सरकारले चासो देखाएको छ न त सहरकारका घर कोठा र अफिसमा बस्नेहरुले देखासिकी गर्दै दही चिउरा खानेहरुले सोचेका छन् । नीति, व्यवस्थापन, जागरुकता र काम गर्ने परिपाटीको विकास सरकार र अबको यवापुस्ताबाट नभएसम्म  षिक्रान्तिको खोक्रो नाराले बाँझो जमीनमा हरियाली छाउदैन र व्यवसायिक कृषप्रणाली सम्भव छैन । यसका लागि सरकारले युवापुस्तालाई समेट्दै जमीनको उपयोग र किसानको जीवनस्तर माथि उकासी देशको अर्थतन्त्रको आधार बलियो बनाउन वैज्ञानिक कृषिप्रणालीलाई अवलम्वन गर्नुको अर्को विकल्प छैन । जागौं, लागौं र आफ्नै करेसाबारीको जमीनको उपयोग गरी कृषि क्रान्तिको शुरुवात आफैंबाट गरौं । मैले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने ? त्यसैले शुरुवात गरौ आजै हामीबाटै । 

 

(*लेखक भरतराज उप्रेती आइसिटी पत्रकार विकास मञ्चका संस्थापक अध्यक्ष तथा
आइसिटी युवा पत्रकारको रुपमा एक दशकदेखि कार्यरत हुनुहुन्छ । उहाँ आइसिटी अनलाइनखबर डट कम र आइसिटी खबर डट कम का सञ्चालक एवं प्रधान सम्पादकको रुपमा रहदै नेपालको पहिलो सोसल साइट सञ्चालनको तयारीमा जुट्दै आउनुभएको छ । *)

प्रतिकृया दिनुहोस

समाचार

मुख्य समाचार

'टुटल' र 'पठाओ'लाई पहिले झै चल्न दिन प्रधानमन्त्रीको निर्देशन

Tootle Pathao

बुधबार, २ माघ, २०७५, काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले निजी मोटरसाइकल प्रयोगकर्ताहरुले प्रविधिको प्रयोग गरी भाडामा यात्रु बोक्न रोक लगाइ... .विस्तृतमा


अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी

Boztray

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी विश्वमै लोकप्रीय अनलाईन शपिङ्ग नेपालमा पनि लोकप्रिय हुँदै गइरहेको कुरा सर्वविदितै छ । आफ्नो व्यवसाय स्थल... .विस्तृतमा


प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त

Save Environment

प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त:  जीवन ज्योती जागरण नेपाल, नामक संस्थाले नेपाल र विश्व वातावरण संरक्षण सम्र्पुण पृथ्वी बासीक... .विस्तृतमा


View more

बजार

View all

अन्तर्वार्ता

View all

साईबर अपराध

View all

मनोरन्जन

View all

बिचार

View all

रोचक

View all


© 2016 All Rights Reserved

© Copyright 2018 Biztray.com | All Rights Reserved