बर्तमान संविधान संशोधन गर्ने नैतिक आधार काँग्रेससँग छैन् ः नेता पोखरेल

4444

काठमाडौँ/नेपाली काँग्रेसलाई वर्तमान संविधान संशोधन गर्ने नैतिक आधार नभएको विचार नेकपा एमालेका नेता शंकर पोखरेलले बताएका छन् । 
रिपोर्टर्स क्लवले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्नुहुँदै नेता पोखरेलले विगतमा असन्तुष्ट दलसँग सहमति गरेरमात्र संविधान संशोधन गरौँ भन्दा कांग्रेसले दुईवटा बुँदामा संशोधन गरे मधेसीदलको माग सम्वोधन हुने बताए अनुसार संविधान संशोधन गरीएको जानकारी दिएका हुन् ।
अर्को सहमति नभएसम्म संशोधनको कुरा गर्ने अधिकार काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवासँग नभएको विचार राख्दै पोखरेलले  काँग्रेस नेता विमलेन्द्र निधिले पहिलोपटक संशोधन गर्दा आफूले जिम्मा लिने कुरा गर्नुभएको तर आज फेरी कुन आकारमा संविधान संशोधन हुँदैछ भनि प्रश्न राख्नुभायो । संविधानले कुनै पनि समूदायलाई विभेद नगरेको उल्लेख गर्दै नेता पोखरेलले भन्नुभयो, ‘यो सविधानले कसैलाई विभेद गरेको छैन, केही सामाजिक विभेदहरु छन्, तर संवैधानिक विभेद छैन् ।’
संविधान संशोधन गर्ने कुरामा एमाले बाधक अरु साधक बनेको भनेर हल्ला फैलाईएको आरोप लगाउँदै उनले भने, ‘मधेशी मोर्चाको आन्दोलन संविधान संशोधनको लागि भन्दापनि एमालेको विरोधको लागि मात्र हो, एजेण्डामा होईन् ।’ 
राष्ट्रिय समस्याको विषयमा आफ्नो पार्टी छलफल गर्न तयार रहेको उल्लेख गर्दै नेता पोखरेलले भने,‘एमालेसँग छलफल र सहमति नगरी संशोधनको प्रस्ताव आयो भने एमाले विपक्षमा रहन्छ, एमाले पहलकदमी र सहमति विना संशेधनको सम्भवाना छैन ।’ उनले संविधान कार्यान्वयन गर्दै जाँदा समस्या उत्पन्न भएमात्रै संशोधन गर्नुपर्नेमा आफ्नो पार्टी स्पष्ट रहेको बताए ।

प्रतिकृया दिनुहोस

समाचार

मुख्य समाचार

'टुटल' र 'पठाओ'लाई पहिले झै चल्न दिन प्रधानमन्त्रीको निर्देशन

Tootle Pathao

बुधबार, २ माघ, २०७५, काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले निजी मोटरसाइकल प्रयोगकर्ताहरुले प्रविधिको प्रयोग गरी भाडामा यात्रु बोक्न रोक लगाइ... .विस्तृतमा


अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी

Boztray

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी विश्वमै लोकप्रीय अनलाईन शपिङ्ग नेपालमा पनि लोकप्रिय हुँदै गइरहेको कुरा सर्वविदितै छ । आफ्नो व्यवसाय स्थल... .विस्तृतमा


प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त

Save Environment

प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त:  जीवन ज्योती जागरण नेपाल, नामक संस्थाले नेपाल र विश्व वातावरण संरक्षण सम्र्पुण पृथ्वी बासीक... .विस्तृतमा


View more

बजार

View all

अन्तर्वार्ता

View all

साईबर अपराध

View all

मनोरन्जन

View all

बिचार

View all

रोचक

View all


© 2016 All Rights Reserved

© Copyright 2018 Biztray.com | All Rights Reserved