फोटो प्रदर्शनि सम्पन्न

77

२०७३ भदौ २१ गते मंगलवार 
फोटो पत्रकार क्लवको आयोजनामा भइरहेको ‘आइएमई–ग्लोबल–आइएमई’ ‘नेपाल फोटो प्रतियोगिता– २०७३’ मंगलवार सफलतापूर्वक सम्पन्न भएको छ । 
काठमाडौंको नेपाल आर्ट काउन्सिलमा भाद्र १६ देखि चलेको फोटोप्रदर्शनी अन्तिम दिन मंगलवार सकिएको छ । छ दिन सम्म चलेको फोटो प्रदर्शनीमा नेता, कलाकार, व्यवसायी, विद्यार्थी लगायत सर्वसाधारणहरूको उल्लेखनीय उपस्थिति रह्यो । 
प्रदर्शनीमा उपराष्ट्रपति नन्दकिशोर पुन, सभामुख ओनसरी घर्ती मगर, एमाले अध्यक्ष केपी शर्मा ओली,वरिष्ठ एमाले नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपाल, नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई, काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, संघीय समाजवादी फोरमका सभासद बीरेन्द्र महतो, एमाले नेताहरू रविन्द्र अधिकारी, सुरेन्द्र पाण्डे, प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, योगेश भट्टराई, कूटनैतिक नियोगका प्रतिनिधि, व्यवसायी, पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याल, नायिका करिष्मा मानन्धर, प्रियंका कार्की, विभिन्न विद्यालयका विद्यार्थी लगायत सर्वसाधारणले अवलोकन गरेका थिए । 
आइएमई र ग्वोबल आइएमई बैंकको मुख्य प्रायोजन तथा मोडल ग्लोबल भिसा कन्सल्टेन्सीको सहकार्यमा भएको फोटो प्रदर्शनीमा घुमफिर कल्चर एन्ड टुरिजम, नेपाल टेलिकम वाइल्ड लाइफ एन्ड नेचर, आइएमएस डेली लाइफ, अर्घाखाची सिमेन्ट न्यूज फोटो, शिखर इन्स्योरेन्स नेपाल स्माइल, मोडल ग्लोबल भिसा कन्सलटेन्सी स्पोर्टस र आरजे एडभान्चर फोटो स्टोरी गरी सात विधामा उत्कृष्ट १ सय पचास वटा तस्वीरहरू प्रदर्शनीमा राखिएको थियो । 
फोटो प्रदर्शनी आगामी दिनहरूमा विराटनगर, धरान ,सौराह, भैरहवा ,पोखरा, नेपालगन्ज र धनगढीमा प्रदर्शनी गरिनेछ । 

 

      

- See more at: http://www.sahapati.com/noticeboard#sthash.posYqx0y.dpuf

प्रतिकृया दिनुहोस

समाचार

मुख्य समाचार

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी

Boztray

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी विश्वमै लोकप्रीय अनलाईन शपिङ्ग नेपालमा पनि लोकप्रिय हुँदै गइरहेको कुरा सर्वविदितै छ । आफ्नो व्यवसाय स्थल... .विस्तृतमा


प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त

Save Environment

प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त:  जीवन ज्योती जागरण नेपाल, नामक संस्थाले नेपाल र विश्व वातावरण संरक्षण सम्र्पुण पृथ्वी बासीक... .विस्तृतमा


के तपाँइको मोवाइल सुरक्षित छ ?

Mobile Security

के तपाँइको मोवाइल सुरक्षित छ ? तपाइको दैनिकी बनेको मोवाईल फोन कत्तिको सुरक्षित छ भन्ने कुरा सायद कमैलाई चासोको विषय हुनसक्छ । तर यदी त्यही मोवाईलले... .विस्तृतमा


View more

बजार

View all

अन्तर्वार्ता

View all

साईबर अपराध

View all

मनोरन्जन

View all

बिचार

View all

रोचक

View all


© 2016 All Rights Reserved

© Copyright 2018 Biztray.com | All Rights Reserved