सूचनाको हकको प्रयोग पत्रकारले गर्नुपर्छ ः आयूक्त पोखरेल

erer

काठमाडौँ आसोज ३ 
“सूचनाको हक आम नागरिकका लागि भएता पनि यसको प्रयोग पत्रकार जगतलले आफ्नो समाचारलाई प्रमाणित गर्न सवैभन्दा बढि गर्नुपर्छ ।  नेपालका आमसञ्चार माध्यमले पूर्णरुपमा यसको प्रयोग गरेमा पत्रकारिता मर्यादित, सन्तुलित, तथ्यपरक र विश्वसनिय हुन्छ । ” 
“मिडिया स्कूलद्धार आयोजित  “नेपालको संविधान २०७२ र सूचनाको हक” विषयक अन्तर्कृया कार्यक्रममा सूचना आयोगका आयूक्त किरण पोखरेलले सो विचार व्यक्त गरेका हुन । आयूक्त पोखरेलले सार्वजनिक निकायमा पुरानै खालको मानसिकताको विकास र अभ्यास भएको हुनाले नेपालका सार्वजनिक निकायका कर्मचारीतन्त्रमा चेतना भएता पनि अभ्यास पूर्णरुपमा हुन नसकेको जानकारी दिनुभयो । 
सूचनाको हक आम नागरिकको हक हो । जवसम्म नागरिक चेतनशिल  हुँदैनन् तवसम्म यसको विकास सम्भव नभएको विचार राख्दै आयूक्त पोखरेलले अव विद्यालय र कलेज स्तरका पाठ्यक्रममा यो विषय समावेश हुनलागेको जानकारी दिनुभयो । 
पत्रकार महासंघका पूर्व सभापति धर्मेन्द्र झाले आज पहिलो जन निर्वाचित संविधानका पहिलो वार्ष पुरा भएको छ । त्यसैले अव जनस्तरसम्म यसको अभ्यास हुनु जरुरी छ । यो हकले भ्रष्ट्रचार नियन्त्रण, सुशासन र जनमूखि प्रशासनको विकासमा मूख्य भूमिका खेल्ने विचार व्यक्त उहाँले व्यक्त गर्नुभयो । त्यस्तै राष्ट्रिय पुनर्निर्माण प्रधिकरणका सञ्चालक समितिका बोर्ड सदस्य निमानन्द रिजालले नेपालमा अनुसन्धानका क्षेत्रमा देखिएका समस्याका बारेमा विचार व्यक्त गर्नुभयो । 
त्यस्तै त्रि.वि.का पत्रकारिता विभागका प्रध्यापक डा. कुन्दन अर्यालले सूचनाको हकले नेपाली पत्रकारिता शिक्षामा आयाम थप्ने विचार व्यक्त गर्नुभयो । सो अवसरमा प्रा.डा. लक्ष्मीकान्त पन्थीले गोरखापत्रको भूमिका नेपाली पत्रकारीताको विकासमा महत्पपुर्ण रहेको कुरा व्यक्त गर्नुभयो । भारतको साइनाथ विश्वविद्यालयबाट नेपालमा सूचनाको हकको प्रयोगका विषयमा विद्यावारिधि गरिहेका मधुसुधन न्यौपानेले नेपालमा सूचनाको हकको अभ्यासको अवस्थाका वारेमा आफ्नो राख्नुभयो । 
सो अवसरमा मिडिया स्कूलद्धारा प्रकाशित अनुसन्धान मूलक लेखरहेको मिडिया जर्ननलको दोश्रो अंकको विमोजन भयो । मिडिया स्कूलका अध्यक्ष नवराज चालिसेले अव मिडिया स्कूलले अनुसन्धानमूलक कार्यलाई निरन्तरता दिदैँ अनुसन्धान प्रतिष्ठनका रुपमा यसलाई विकास गरिने जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

समाचार

मुख्य समाचार

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी

Boztray

अनलाईन सेवामा बिजट्रेड ग्रुप अफ कम्पनी विश्वमै लोकप्रीय अनलाईन शपिङ्ग नेपालमा पनि लोकप्रिय हुँदै गइरहेको कुरा सर्वविदितै छ । आफ्नो व्यवसाय स्थल... .विस्तृतमा


प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त

Save Environment

प्राकृतिक, वातावरणको २ + ४ + २ को नयाँ सिद्धान्त:  जीवन ज्योती जागरण नेपाल, नामक संस्थाले नेपाल र विश्व वातावरण संरक्षण सम्र्पुण पृथ्वी बासीक... .विस्तृतमा


के तपाँइको मोवाइल सुरक्षित छ ?

Mobile Security

के तपाँइको मोवाइल सुरक्षित छ ? तपाइको दैनिकी बनेको मोवाईल फोन कत्तिको सुरक्षित छ भन्ने कुरा सायद कमैलाई चासोको विषय हुनसक्छ । तर यदी त्यही मोवाईलले... .विस्तृतमा


View more

बजार

View all

अन्तर्वार्ता

View all

साईबर अपराध

View all

मनोरन्जन

View all

बिचार

View all

रोचक

View all


© 2016 All Rights Reserved

© Copyright 2018 Biztray.com | All Rights Reserved